टिनएज प्रेग्नेन्सीको भयावह कथाः १८ बर्ष नपुग्दै आमा

इन्दिरा कार्की १९ बर्षकी भईन, तर उनको विवाह करिब २ बर्ष अगाडि नै मलेशियामा काम गर्ने दिपकसँग भयो । विवाह पछि घुमघाम र रमाईलोमा ब्यस्त जोडिको विदाको अवधि सकिने बेलामा ईन्दिरा गर्भवती भईन् र उनले केही दिन अगाडि मात्र १ किलो ६ सय ग्रामको छोरा जन्माईन । सुनसरी घर भएकि इन्दिराको गर्भको अवधि ३३ हप्ता नपुग्दै अर्थात ७ महिना १८ दिनमा नै ब्यथा लागेर अस्पताल आईन् ।

उनको पाठेघरको मुख खुलिसकेका कारण ब्यथा रोक्न सकिएन र कम तौल तथा अवधि नपुगेको (प्रिटर्म) बच्चा जन्मियो । किसोरी अवस्थामा गर्भवती हुने र गर्भको जटिल्ता भोग्नु पर्ने एक्ली होइनन् । अरु थुप्रै किशोरी अहिले आमा बनिरहेकी छिन् । शरीर विज्ञानको हिसावले यो सही उमेर होइन । किशोरवयमा गर्भ बोक्दा, बच्चा जन्माउँदा त्यसले उनीहरुको स्वास्थ्यमा गंभरि असर पुग्छ । मानसिक रुपमा पनि यसको प्रभाव रहन्छ ।
१९ बर्ष नपुग्दै बिहे !
हामीकहाँ भनाई छ, विस बर्ष पारी, विहेवारी । यो त्यसै भनिएको होइन । यसले शारीरिक, मानसिक, सामाजिक अर्थ राख्छ ।
किशोरवय बच्चा पाउने उमेर हुँदै होइन । तर, यो संवेदिनसिलतालाई हामीले बुझिरहेको छैनौ । ‘डेमोग्राफी एण्ड हेल्थ सर्भे २०११’ ले प्रकासन गरेको तथ्यांक अनुसार औसत महिलाहरुको बिवाह १७ दशमलव ५ बर्ष रहेको छ भने ७१ प्रतिसत महिलाको विवाह किसोरी अवस्थामा अर्थात १९ बर्ष नपुग्दै हुने गरेको छ ।
सोहि तथ्यांक अनुसार एक चौथाई महिलाहरुले १८ बर्ष नपुग्दै पहिलो सन्तान जन्माउने गरेकी छिन् भने ५० प्रतिसत महिलाहरुले २० बर्ष भित्र नै पहिलो सन्तान जन्माउने गरेकी छिन् ।
हुन त किशोरावस्थामा विवाह गर्ने तथा बच्चा पाउने प्रचलनमा केहि सुधार आएको छ । अध्ययन तथा रोजगारका कारण विवाह गर्ने उमेर तथा गर्भवती हुने उमेरमा पनि सकारात्मक सुधार भएको छ तर सन्तोषजनक छैन ।
बर्षेनी ७ लाख ५० हजार किशोरी गर्भवती
अमेरिकन कलेज अफ अब्सटि्रसिगन एण्ड गाईनोकोलाजिस्टले दिएको सन् २०१५ को प्रतिवेदन अनुसार अमेरिकामा मात्र बर्षेनी ७ लाख ५० हजार किशारीहरु -टिनएजर) गर्भवती हुने गरेका छन् । यस मध्ये ८० प्रतिसत गर्भ अनिच्छित रहेको र ५० प्रतिसत भन्दा बढिले गर्भपतन गर्ने गरेको छ ।
विश्व स्वास्थ्य संघ (डब्लु एच ओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्याङ्क अनुसार एक करोड छाठि लाख किशोरीहरु (१५ देखि १९ बर्षका) बर्षेनी गर्भवती हुने गरेको छ र १० लाख किसोरीहरु १५ बर्षमा नै आमा बन्ने गरेको छ ।
यी गर्भवतीहरु मध्ये ९५ प्रतिसत कम तथा मध्यम आय भएका मुलुकहरुका हुने गरेको छ । सोही तग्यांक अनुसार १५ देखि १९ बर्षका किसारीहरुका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव रहने गरेको देखाएको छ ।
ब्वाइफ्रेन्ड छुट्ने भयले यौन सम्पर्क
किसोरकिसोरीहरु साथी बनाउन मन पराउने, साथिहरु बस्न तथा रमाउन रुचाउने हुन्छन् । अमेरिकन एक अर्को अध्ययनले किसारी अवस्थामा गर्भवती भएकाहरु मध्ये २९ प्रतिसतले आफ्नो केटा साथिको दवाबमा आएर यौनसम्पर्क राखेको तथा ३३ प्रतिसतले आफु गर्भको लागि तथा यौनसम्पर्कको लागि तयार नभए पनि साथि छुट्टनिे डरले सम्पर्क गरेको बताए ।
पढाईको शिलशिलामा घर बाहिर बस्ने, आमाबुबासंग धेरै कुरा गर्न नसक्नु, एक्लोपन, कुलत तथा मद्यपान, अनि ज्ञानको कमिले पनि किसारीहरु गर्भवती हुने गरेको सो अध्ययनमा उल्लेख गरिएको छ ।
किशोरी गर्भः कति खतरनाक ?
गर्भावस्था आफैंमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा एकातिर आमा बन्ने खुशी जोडिएको हुन्छ भने अर्कोतर्फ महिलाको स्वास्थ्यमा गम्भिर र ज्यान जाने खतरा समेत रहन्छ । किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रुपमा गर्भका जटिल्ताहरु बढि आउने हुन्छन् । भारतको वेश्टबंगालमा गरेको अध्ययनले यसलाई पुष्टि गरेको छ ।
गर्भवती महिलाहरुलाई उमेरका आधारमा तीन समुह बनाएर गरेको सो अध्ययनमा २० बर्ष भन्दा कम उमेरका गर्भवती महिलालाई एउटा समुह, २० देखि ३० बर्षलाई दोस्रो र ३० बर्ष पार गरेको गर्भवतीहरुलाई तेस्रो समुहमा राखिएको थियो । सो अध्ययन अनुसार २० बर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा एकातिर मातृमृत्यु दर बढि हुन्छ भने अर्कोतर्फ बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढि हुने गरेको पाईयो ।
अनेकौ जटिलता
कम उमेरमा गर्भवती हुदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धि जटिल्ताहरु थपिने सम्भावना बढि रहेको हुन्छ । गर्भको जटिल्ताले आमाको स्वास्थ्यमा मात्र होईन गर्भको बच्चामा पनि प्रतिकुल असर गरेको हुन्छ ।
यस्ता बच्चाहरु कम तौलका हुने, राम्रो शारिरिक विकाश नहुने तथा कन्जेनाईटल डिफेक्ट (जन्मपुर्व नै खराबी) हुने सम्भावना बढि हुन्छ । विश्व स्वास्थ्य संघको तथ्याङ्क अनुसार २० बर्ष भन्दा कम उमेरमा बच्चा जन्माउदा, बच्चा जन्मिने बितिकै वा जन्मेको पहिलो हप्तामा मर्ने सम्भावना ५० प्रतिसतले बढि हुन्छ ।

अफ्रिकन मुलुकहरुमा २० बर्ष भन्दा कम उमेरमा आमा बन्नेहरुमा पाईल्स तथा मलद्धारको फिस्टुला बढि हुने गरेको पाईयो । २० बर्ष नपुग्दै आमा बन्ने अधिंकाश किशोरीहरु कम आयश्रोत भएका तथा आर्थिक रुपमा बिपन्न रहेको कारणले यिनीहरुमा अन्य समस्याहरु पनि बढि हुने गरेको पाईन्छ । यिनीहरुले नियमित रुपमा गर्भको परिक्षण पनि नगरेका कारण बढि समस्या हुने विज्ञहरुको अनुमान रहेको छ ।
अब के गर्ने त ?
किशोर अवस्थामा गर्भवती बन्नबाट रोक्न “बिहेवारी २० बर्ष पारीको नारा दिएर मात्र पुग्दैन । अझै पनि स्कुले जीवनमा नै गर्भवती हुने, असुरक्षित गर्भपतन गर्ने किसोरीहरुको संख्या उच्च रहेको छ । त्यस्तै किसारी अवस्थामा नै बैबाहिक बन्धनमा बाधिनेहरुको संख्या कम छैनन् । गर्भको जटिल्ताले किसोरीहरुको ज्यान जोखिममा पर्ने त छदैछ ।
प्रेम, असुरिक्षत यौनसम्पर्क र सोहि कारणले केहि किसारीहरुले आत्महत्या समेत गर्ने गरेको पाईन्छ । किशोर अवस्था तथा प्रजनन् स्वास्थ्यका बारेमा केहि जानकारी बिद्यालय शिक्षँमा समाबेश गरेको भए पनि यस अवस्थामा हुने चरम यौन चाहना तथा गर्भ रोक्ने उपायका बारेमा किशोर-किशोरीहरुलाई पर्याप्त जानकारी रहेको पाईदैन ।
अशिक्षित, निमुखा किशोर-किशोरी देखि लिएर स्कूल, कलेजका किशोर-किशोरीहरु, अभिभावक, शिक्षक अनि समाजका सबै बर्ग र समुदायलाई २० बर्ष पार नगरि गर्भवती नहुन दिन प्रेरित गर्नु पर्ने देखिन्छ । सम्यमित यौन व्यबहार, परिवार नियोजनका साधनहरु तथा आकस्मिक गर्भनिरोधक साधनका बारेमा पुर्ण जानकारी, सुरक्षित यौनसम्र्पक आदि गर्भ रोक्ने उपाय हुन सक्छ ।

जाडो महिनमा छाला जोगाउने तरिकाहरु




जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।
त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित हुने यस समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरु छन्ः
घिउ वा तेलमा तारेका खानेकुरा नखाने
सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको  खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा. अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’ जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ । जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ । चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।
अनुहार र छालामा कपडा राख्दा बिचार पु¥याउनुहोस्
ऊनी र बढी तातो हुने लुगाहरुले पनि छाला चिलाउँछ र फुस्रो बनाउँछ । तसर्थ शरिरमा सबैभन्दा भित्र कटनको लुगा लगाएर मात्र उनीको सर्ट वा थर्मल भेस्ट लगाउनुहोस् । यसले तपाईँको छाला चिलाउने समस्या हट्छ र उनीको लुगाबाट हुने जुनसुकै एलर्जीबाट मुक्ती पाइन्छ ।
कडा साबुन र बढी गन्ध आउने मोश्चराईजेशन प्रयोग नगर्नुहोस्
तपाईँलाई मन पर्ने बढी गन्ध आउने मोश्चराइजरले तपाईँको छालालाई जाडो मौसममा अझै बढी सुख्खा बनाउन सक्छ । त्यसको सटा एलोभेरा (घिउकुमारी), ग्लिसिरिन, प्याराफिन इत्यािद मिसाएको नरम मोश्चराइजर प्रयोग गर्नुहोस् । तपाईँको छाला तेलीय हो भने जेल जस्तो लोसन लगाउनुहोस् । तर, यदि छाला अत्यधिक सुख्खा हो भने क्रिममा आधारित लोसन लगाउनुहोस् । छाला फुस्रो हुन सुरु भइसकेको छ भने चर्म तथा छाला विज्ञको सल्लाहमा औषधि प्रयोग गर्नुहोस् । जाडोमा मन तातो वा सम्भव भए चिसो पानी पर्याप्त खानुहोस् । करिब ५० प्रतिशत भन्दा बढी छालाको रोग पानी पिउँदा निको हुने भएकोले पर्याप्त पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् ।
मन तातो पानीको सावर लिनुहोस्
जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा अशर हुन्छ भन्ने थाहा हुँदा हुदै पनि यसको अत्यधिक प्रयोग गर्छन् । तर, तपाईँ केही बेर तातो पानीमा नुहाउँदा दिउसभर शरिरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ । बरु मनतातो पानी प्रयोग गर्नुहोस् । रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ । चिसो पानीले हातखुट्टा नधुनुहोस् किनकी चिसो पानीले तपार्इँ छालालाई दिउसभर सुख्खा बनाउँछ । छालालाई नरम बनाउनका लागि नुहाउनुअघि नरिवलको तेलले छालालाई मसाज गर्नुहोस् ।
फ्याटी एसिडको प्रयोग गर्नुहोस्
बारम्बारको मोश्चराइजको बाबजुद पनि गर्मीमा तपाईको छाला सुख्खा हुने गर्छ । मौसमी लोसनले केही हदसम्म यस समस्याबाट मुक्ती दिलाउने भए पनि चर्म तथा छाला रोग विज्ञको सल्लाह लिनुहोस् । विज्ञले तपाईलाई ओमेगा थ्री फ्याटी एसिड र भिटामिन ए खान सुझाब दिन्छन् । ओमेगा थ्री फ्याटी एसिडले मुटुको रोग, हाइपरटेन्सन, डायबिटिज, बाथलगायतका रोगको पनि उपचार गरिदिन्छ ।

source:-स्वास्थ्य खबरपत्रिका

किन महिलाले सेक्समा आवाज निकाल्छन् ?


महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन् । किन निकाल्छन् त आवाज ? यसबारे धेरै अनुसन्धानहरु भएका छन् । तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् । केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको  पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन ।
अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।
उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।
केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

Source:स्वास्थ्य खबरपत्रिका



महिलाका लागि ‘भियाग्रा’ कति जरुरी ?

एजेन्सी– महिलामा हुने यौन इच्छाको कमीको उपचारका लागि बनाइएको औषधिलाई उत्पादन तथा सेवन अनुमति दिने वा नदिने विषयमा बहश हुन थालेका छ । अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले यसैका लागि आउँदो जुन ३ र ४मा सल्लाहकार समितिको बैठक बोलाएको छ ।
बारबरा गात्तुसे ४० वर्षको उमेरकी थिइन् । पहिलोपल्ट आफ्ना श्रीमान्सँग यौन सम्बन्धका विषयमा दृष्टिकोण बदलिएको महशुस गरिन् ।  बारबरा भन्छिन्, ‘मैले कहिल्यै यसबारेमा श्रीमान्सँग भनिनँ । तर, मलाई महशुस भयो कि ममा यौन इच्छा घट्दै गइरहेको छ ।’ अहिले ६६ वर्ष पुगिकी उनी भन्छिन्, ‘म पतिबाट भाग्न थालेकी थिएँ । चाँडै ओछ्यानमा पुगेर निदाउँथेँ, भोलिपल्ट उनी नबिउँझिदै उठथेँ ।’

यसलाई एन्टि–डिप्रेसेन्ट औषधिका रुपमा विकसित गरियो, त्यसले दिमागमा कुनै असर पारेन । तर, यसको क्लिनिकल ट्रायलमा सहभागी महिलामा साइड इफेक्ट देखियो । यो औषधि सेवन गर्ने महिलामा यौन चाहना बढेको पाइयो ।

उनलाई लाग्न थाल्यो, ‘श्रीमान्लाई माया गर्छु पनि तर किन भागिरहेकी छु यौन सम्बन्धबाट ?’
लामो समय रिलेशनसिप रहेपछि यौनको इच्छा कम त हुन्छ तर यो त्यस्तो समस्या थिएन ।
३–४ जुनमा  फैसला
मनोचिकित्सकका अनुसार यौन चाहनामा उतार–चढाव आउने कुरा सामान्य हो । महिलाको उमेर बढ्दै गर्दा यौन इच्छा घट्दै जान्छ ।
कतिपय मनोचिकित्सक दिमागमा केमिकल्सको असन्तुलनले पनि यस्तो समस्या आउने बताउछन् ।
तर, अब हराभरा उमेरमैँ सहवास मरुभूमिमा परिणत भएका महिलाहरुका लागि औषधि आउने भएको छ ।
अमेरिकी फुड एन्ड ड्रग एडमिनिष्ट्रेसन (एफडिए)ले आउदो जुन ३ र चारमा यही विषयका लागि सल्लाहकार समितिको बैठक बोलाएको छ ।  यही बैठकले तय गर्ने छ, ‘यस्तो अवस्थाका महिलाका लागि फ्लिबनसेरिन (फिमेल भियाग्रा) प्रयोग गर्न अनुमति दिने कि नाइँ ?’
किन हुन्छ यौन इच्छामा कमी ?
प्रश्न खडा भइरहेको छ– किन यौन इच्छा घट्छ र फ्लिबनसेरिनले यसमा कुन तरिकाले सहयोग पु¥याउला ?
बढ्दो उमेरसँगै यौन इच्छा घट्ने कुरा महिलामा मात्रै होइन, पुरुषमा पनि हुन्छ । पुरुषका लागि बजारमा कति औषधि भएपनि महिलाका लागि छैन ।
यौनइच्छामा कमी वास्तवमा बैज्ञानिकका लागि पनि रहस्यमय छ । अहिले यसलाई मस्तिष्कको सर्किटसँग जोडेर हेर्न थालिएको छ ।  एउटा थ्यौरी बनाइएको छ,– हाइपो एक्टिभ सेक्सुअल डिजाएर डिसअर्डरको कारण दिमागको अघिल्लो भागको स्वीच अफ हुन नसक्नु हो ।
औषधिले मस्तिष्कमा डोपामाइन, नोरा ड्रनालाइन र सेरोटनिनलाई सन्तुलिन गर्ने काम गर्छ । यसले सन्तुलन कायम गर्नुका साथै फेरि जुन कुराको कमी हुन्छ, त्यसको समेत पूरा गर्ने गर्छ । निर्माणकर्तामध्यका स्टीफन स्टाहल दावी गर्छन्, ‘सेक्सको समयमा महिलाको अघिल्लो दिमागको स्वीच अफ गरिदिन्छ ।
यसले दैनिक कामको याद गराउँछ । जस्तोः जब यौनका समयमा विजुलीको बिल, बर्थडे गिफ्ट, सकिएको चामल, घरको मरमत गराउने कुरा याद आउँछ, त्यसपछि यौनभावना कमजोर हुन्छ । विस्तारै यौन इच्छाकै कमी हुन्छ ।
जब पुरुषको यौन समस्याका लागि भियाग्राको प्रयोग हुन्छ भने महिलाका लागि पनि यस्तो औषधि बनाउन जरुरी भएको भन्दै बनाउनेको ताँती लाग्न थालेको छ । तर, यस्तो दवाइ बनाउनु पर्ने छ कि दिमागको सर्किटको उपचार होस्, स्त्रीको जनेन्द्रीयको होइन ।
यो दौडमा फ्लिबनसेरिन सबैभन्दा अगडि रहेको छ ।  यसलाई एन्टि–डिप्रेसेन्ट औषधिका रुपमा विकसित गरियो, त्यसले दिमागमा कुनै असर पारेन । तर, यसको क्लिनिकल ट्रायलमा सहभागी महिलामा साइड इफेक्ट देखियो । यो औषधि सेवन गर्ने महिलामा यौन चाहना बढेको पाइयो ।
औषधिले मस्तिष्कमा डोपामाइन, नोरा ड्रनालाइन र सेरोटनिनलाई सन्तुलिन गर्ने काम गर्छ । यसले सन्तुलन कायम गर्नुका साथै फेरि जुन कुराको कमी हुन्छ, त्यसको समेत पूरा गर्ने गर्छ । निर्माणकर्तामध्यका स्टीफन स्टाहल दावी गर्छन्, ‘सेक्सको समयमा महिलाको अघिल्लो दिमागको स्वीच अफ गरिदिन्छ । जसले दैनिक समस्या र कामका बारेमा याद दिलाउने गर्छ ।’
यसलाई यौन इच्छाको कमी भएका महिलामा चाहना बढाउनका लागि बनाइएको बताइएको छ ।
प्रभावको अध्ययन
यसको ट्रायलमा महिलाहरुको औषधिको प्रयोगपछि यौन सम्बन्धमा सन्तुष्टि मिलेको बताएका छन् । तर, यौन इच्छा बढेको प्रमाणित नभएपछि एफडिएले सन् २०१० मा यसलाई खारेज गरिदिएको थियो ।
तर, पछिल्लो अध्ययनले महिलामा सेक्स चाहना बढाउने देखाएको छ ।
एचएसडीडीका लागि औषधिको नेतृत्व गरिरहेकी ‘इभन द स्कोर’की सुजन सकेनलान भन्छिन्, ‘समस्या यो हो कि तपाईँ यसलाई कसरी सुधार गर्न चाहनुहुन्छ । अमेरिकी महिला एक महिनामा ३ पल्ट सेक्स गर्छन् । यदि तीन पल्ट सेक्स गरेनन् भने औषधिको असर नभएको भन्न सकिन्छ ?’
ट्रायलका समयमा यो औषधिको प्रयोगले यौन इच्छा बढेको पाइएको छ । तर, कतिपय अवस्थामा साइड इफेक्ट देखिएको छ । अनिद्रा र चक्कर आउनेजस्ता समस्या आएका छन् ।
तर यौन इच्छा कम भएर पीडित बनेकाले यसलाई ठूलो समस्या मानेका छैनन् । उनीहरु ओछ्यान चिसो भएकाले यो समस्या झेल्न सकिने जिकिर गरेका छन् ।
कतिपयले आपसी सम्बन्ध, स्थिति र मुड यसका लागि महत्वपूर्ण भएकाले औषधि जरुरी नभएको बताएका छन् ।
बिबिसीबाट

अनिद्राबाट बच्न चेरी खानुस्

जनस्वास्थ्य सरोकार । के तपाई अनिन्द्राबाट समस्याग्रस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राति सुत्नुअघि एक गिलास cherry-04चेरीको जुस पिउनुस् वा एक मुठी चेरी खानुस् । यसले तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । ब्रिटेनस्थित नर्थब्रिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्– “नियमित रुपमा चेरी खाने व्यक्तिलाई राम्रोसँग निन्द्रा लाग्छ ।” उनीहरुको अनुसार, चेरी खानाले निन्द्रा लगाउने हर्माेनको स्तर बढ्छ ।


यौन अङ्गको स्पर्श भनेको के हो ?

स्पर्श मानवजीवनका लागि महत्वपूर्ण छ। त्यसमा पनि यौनको सन्दर्भमा यसको झनै विशेष महत्व हुने नै भयो। हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छाैं। कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अङ्गको कोमल स्पर्शले हल्का किसिमको यौन उत्तेजना पैदा गर्छ। यौनाङ्ग त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लिङ्ग मुन्डको घेरा अनि महिलामा भगांकुर, स्तन, भगक्षेत्र अनि दुवैको हकमा गुदद्वार वरिपरिको भाग अति नै यौन संवेदनशील हुन्छन्। स्पर्श गर्ने तरिका विभिन्न किसिमको हुन सक्छ। टाँसिएर बस्नु, अँगालो हाल्नुदेखि मालिस, हल्का स्पर्श, सुमसुम्याई, हल्का पिटाइ, दबाब, कोटयाउनु, कन्याउनु, हल्का टोक्नु, चाट्नु, चुस्नु, काउकुती लगाउनु जस्ता कुराले स्पर्शको विविधतालाई देखाउँछ। प्वाँख वा अन्य रेशमी कपडाको प्रयोग सबैले यौन स्पर्शलाई अर्को तहसम्म लान मद्दत गर्छ। यौनसम्पर्कका बेला पनि उत्तेजनाको स्तर बढाउन कतिपय व्यक्तिले आफैंलाई नै स्पर्श गर्छन्। हस्तमैथुन पनि स्पर्श हो। यसै सन्दर्भमा गहिरिएर विचार गर्नुहोस् त, यौनसम्पर्क भनेको पनि स्पर्श नै हो। यहाँ एक व्यक्तिको यौनाङ्गको अर्को व्यक्तिको यौनाङ्गसँग विशेष रूपमा गरिएको स्पर्श हो।

बच्चा पाउन के-के कुरा हुनुपर्छ ?

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोप
णजस्ता कुरा हुनु आवश्यक छ। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्केका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्बको असंख्य शुक्रकीटमध्ये एकसँग मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ। त्यसर्थ बच्चा पाउनका लागि यी कुरा आवश्यक हुन आवश्यक छ। 

यौन सुखको लागी यसो गर्नुस् !


यौन समागम वा सम्भोगको उद्देश्य हो–चरम् यौन उत्तेजना प्राप्त गर्नु अर्थात् चरम् यौन उत्तेजनाद्वारा चरम् यौन सुख वा यौन आनन्द प्राप्त गर्नु तर सबै दाम्पत्तिले यो उद्देश्य प्राप्त गर्न सकिरहेका हुादैनन् । एक तथ्याङ्कअनुसार धेरै दम्पत्तिहरु प्रकृतिप्रदत्त यस चरम् यौन सुखबाट वञ्चित हुने गरेका र थोरैले मात्र वास्तविक यौनानन्दनद्वारा सुखी जीवन व्यतित गरेको पाइन्छ । सहवासमा संलग्न दम्पत्तिमध्ये कति केवल सन्तान प्राप्तिका लागि, कोही आफ्ना पति वा पत्नीको सन्तुष्टिका लागि र कोही केवल कर्तव्य निर्वाहका लागि यौन क्रियामा अग्रसर हुने गरेको पाइन्छ । अत: सुखी जीवनका लागि कामभोगमा संलग्न दम्पत्ति वा यौनसाथीले परस्परमा चरम् यौनानन्द प्राप्त गरी पूर्ण तृप्ति तथा यौन सन्तुष्टि प्राप्त गर्न ध्यान दिनु एवम् विचार पुर्‍याउनु अत्यावश्यक छ

स्वास्थ्य र सौन्दर्य:

काम भोगप्रति समाहित बनेर स्वत:स्फूर्त रुपमा स्वस्थ्य प्राकृतिक यौनानन्द प्राप्त गर्न मानिसको स्वास्थ्य र सौन्दर्यको महत्वपूर्ण स्थान रहन्छ । इन्द्रीय र तिनका विषयको संयोगबाट प्राप्त हुने सांसारिक सुखअन्तर्गत पर्ने यौनसुख वा काम सुख अत्यधिक आनन्ददायी बनाउन हाम्रा इन्द्रीय स्वस्थ्य र वलिष्ठ हुनुपर्दछ । धूमपान, मद्यपान, लागूपदार्थको दुव्र्सन र कुलतबाट बाच्नु र उचित आहारविहार, तनावमुक्त बन्ने व्यायाम तथा योगाभ्यास गर्नुका साथै संयम् एवम् सावधानीपूर्वक श्रम गर्नु नै स्वस्थ बन्ने अचुक औषधि र उत्तम उपायका रुपमा बताइएको छ । त्यस्तै मानिसको बाह्य सौन्दर्यले पनि प्रकृतिजन्य मादकता र यौन उन्माद पैदा गराई सुन्दर र सुमधुर भाव तथा कल्पनाका विषयभोग वा सम्भोगप्रति समाहित बन्न प्रेरित गर्दछ । एक–अर्कालाई आकर्षित पारी प्रेमपूर्ण आनन्द भोग गर्न शारीरिक सुन्दरता महत्वपूर्ण हुन्छ । त्यसमा पनि महिलाहरुको आाखा, अनुहार, स्तन आदिले आकर्षण र प्रभाव अझ बढी हुन्छ तर सौन्दर्यको नाममा शारीरिक तथा भावनात्मक शुद्धिमा विचार नपुर्‍याई कृत्रिम शृङ्गारमा मात्र जोड दिनुचाहिा कदापि बुद्धिमानी ठहर्दैन । लापर्वाही र असावधानीकै कारण नै मानिसमा धेरैजसो यौन तथा अन्य रोगको उत्पत्ति हुने हुादा यौनशिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्‍याई यसतर्फ चनाखो बन्नु यौन जीवन सदा सुखी राख्न चाहने हरेक दाम्पत्तिको मुख्य कर्तव्य हो ।

आत्मविश्वास तथा दृढ मानसिक अवस्था:

उच्च र अधिक यौनसुखको आकांक्षा राख्ने यौनजोडी वा दम्पत्तिका लागि नभई नहुने अर्को महत्वपूर्ण तत्व र साधन हो, आत्मविश्वास तथा दृढ मानसिक अवस्था । आत्मविश्वास नै मानिसको यस्तो अन्तर्निहित शक्ति तथा सर्वाधिक शक्तिशाली हतियार हो, जो कुनै पनि क्षेत्रको उद्देश्य एवम् सफलता प्राप्तिका लागि अनिवार्य छ । त्यस्तै यौन जीवन र यौनक्रिया सफल पार्न आत्मविश्वासको गहन भूमिका रहने कुरामा सन्देह छैन । सच्चा यौनसुखका लागि सच्चा मानसिक अवस्था पनि त्यत्तिकै बाधक बन्दछ । यसै कारण पनि हाम्रो नीति–नियममा मानिस कम उमेरमा मानसिक रुपले परिपक्व र दृढ नहुने र यौनसुखका लागि सही निर्णय गर्न असमर्थ बन्ने भएकोले विवाह वा यौन सम्पर्क गर्न सकिने (हुने–नहुने) न्यूनतम् उमेर निर्धारण गरिएको हो ।

तातो पानी पिउनुका फाइदा के-के ?

बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो सरीरको अधिकांस हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६-७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।
कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :
सरीरको शुद्धिकरण : तातो पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले सरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।
कब्जियतबाट छुटकारा : सरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
मोटोपना नियन्त्रण : बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा अवश्यपनि सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
पसिनाको निष्कासन : जब तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ सरीरबाट पसिना निस्कन थाल्छ । सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पूराउँछ ।
दुखाइ कम गर्न : प्रायः महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

महिलाले कस्ता पुरुषबाट बढी यौनसुख पाउँछन् ?


आफ्नो सुखद भविष्यका लागि प्रायःजसो महिलाको सपना धनी पुरुषसँग विवाह गर्ने हुन्छ । यो मान्यता हाल करिब–करिब विश्वभर नै लागू हुन थालेको छ । तर, वैज्ञानिकहरुले भने अर्को नयाँ कुराको खुलासा गरेका छन् । पुरुष जति धनी हुन्छ उसको यौनसाथीले पनि उत्तिक्कै चरम यौनसुख प्राप्त गर्छ । ‘ महिलाको चरम सुःख उनका यौनसाथीको आम्दानीमा भर पर्छ,’ युक्यासल युनिभर्सिटीका मनोविज्ञ डा. थोमस पोलेट भन्छन् । धनवान् पुरुषका कारण महिलामा चरम सुःख हुने प्रक्रियालाई ‘इभोलुसनरी एडप्सन’ बताउँदै विज्ञले सो प्रक्रिया महिलाको जिनमा विकसित हुने बताएका छन् । ‘

इभोलुसनरी एडप्सन अर्थात् प्रगति ग्रहण प्रक्रियाले महिलालाई उच्च गुणको पुरुष साथी छनोट गर्न अभिप्रेरण दिन्छ,’ अध्ययनका सह–लेखक डेनियल नेटल भन्छन् । सो विश्वास परीक्षण गर्न विश्वकै सबैभन्दा ठूलो जीवनशैली अध्ययनमा संग्रह गरिएका तथ्यांकलाई विज्ञले प्रयोग गरेका थिए । चाइनिज हेल्थ एन्ड फेमिली लाइफ सर्भेले चीनभरबाट ५ हजार मानिसको छनोट गरी उनीहरुको व्यक्तिगत जीवनबारेमा विस्तृत अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ताका क्रममा उनीहरुको आम्दानी, यौन जीवन र अन्य विषयलाई पनि समावेश गरिएको थियो । तीमध्ये १५ सय ३४ पुरुष साथी भएका महिलाको जवाफलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो । विश्लेषणबाट १ सय २१ महिलाले यौन सम्पर्क गर्दा सधैं चरम सुःख पाएको बताए भने ४ सय ८ जनाले प्रायः यस्तो सुःख पाउने बताएका थिए । यसैगरी, बाँकीमध्ये ७ सय ६२ जना महिलाले कहिलेकाँही चरम सुःख पाउने बताएका थिए । त्यस्तै, छनोटमा रहेका २ सय ४३ ले कहिल्यै पनि नपाएको वा मुिस्कलले कहिलेकाहीं पाएको बताएका थिए । यो तथ्यांक पश्चिमेली मुलुकको तथ्यांकसँग मेल खाएको अध्ययनमा बताइएको थियो । यौन चरम सुःखमा यस्तो भिन्नता देखिनुमा विभिन्न तत्व जिम्मेवार रहे पनि डा. पोलेटले पैसा प्रमुख कारक तत्व रहेको बताए । महिलाको चरम सुःख अनुभूति गर्ने आवृत्तिलाई यौनसाथीको आयले प्रभाव पारेको थियो । धनी यौनसाथीले महिलालाई बढी चरम सुःख दिएका थिए ।

सेक्स टिप्स

एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो। 

त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो। 



योग र जीवन :  लोकनाथ खनाल, योग प्रशिक्षक, पतञ्जली योग समिति

-     गाईको मूत्रमा नाइट्रोजन, फोस्फोरस, युरिया, युरिक एसिड, पोटासियम, सोडियम, केरोटिन, अमोनिया आदि तत्व हुन्छन्। 

-    दूध दिने गाईको मूत्रमा लेक्टोज पनि हुन्छ, जुन हृदयरोगीका लागि उपयोगी मानिन्छ। 

-    गोमूत्र सुतीको सफा कपडामा छानेर पिउनुपर्छ। 

-    कब्जियतलगायत पेटका कुनै पनि रोगमा गोमूत्रपान उपयोगी हुन्छ। 

-    गोमूत्रको नियमित सेवनले शरीरमा स्फूर्ति आउँछ, भोक बढ्छ, पाचन शक्तिमा वृद्धि हुन्छ। 

-    दाद आदि छालाका समस्यामा धतुरोको पात पिसेर गोमूत्रमा पकाउने र लेप लगाउने। 

-    कानको पीडा वा कानका अन्य समस्यामा गोमूत्रलाई मनतातो बनाएर एक-दुई थोपा हाल्ने।

-    चिलाउनेलगायतका छालाको एलर्जीमा गोमूत्रमा निमको पात पिसेर मिसाई र लगाउने। 

-     कलेजोसम्बन्धी रोगमा पनि गोमूत्र लाभदायक हुन्छ।

-     दाँतको पीडा, पायरिया आदि दन्त समस्यामा गोमूत्रले कुल्ला गर्ने।

-    आँखाको समस्या हुनेहरूले दिनको दुई थोपा गोमूत्र हाल्नु राम्रो मानिन्छ।  

-    गोमूत्र हरेक बिहान खालि पेटमा सेवन गर्नु उत्तम हुन्छ। 

-    गोमूत्र स्थानीय गाईको हुनुपर्छ, जर्सी वा विकासे गाईको मूत्र त्यति उपयुक्त मानिँदैन। आयुर्वेदिक पसलहरूमा स्थानीय गाईको गोमूत्र बिक्रीका लागि राखिन्छ। वाष्फीकरण गरेर तयार पारिएको गोमूत्रको प्रयोग हितकर मानिन्छ।



हेल्थ टिप्स :  पुरुषमा तनावको असर 
-   अनुहारको आकर्षणमा ह्रास। 

-   तनावका कारण हृदयरोगको जोखिम बढ्छ। 

-   तनावले शुक्राणुमा पनि असर गर्छ। यदि लामो समय तनाव कायम रह्यो भने यसको असर स्पर्ममा पनि पर्छ। 

-   तनावका कारण पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना हुन्छ। 

-   अनुसन्धानबाट के पत्ता लागेको छ भने तनावमा रहने पुरुषहरू अर्काको भावनासँग सजिलै जोडिन सक्दैनन्।



फिटनेस टिप्स : व्यायामपछि के नखाने ? 
बोसोयुक्त खानेकुरा खानु हुँदैन। खासगरी चीज खानु हुँदैन। किनभने यसमा चिल्लो एवं नुनको मात्रा बढी हुन्छ। 

मासु- व्यायामपछि मासुको मात्रा पनि घटाउनुपर्छ।

पाउरोटी- व्यायामपछि हाम्रो शरीरमा जुन किसिमको पोषक तत्व आवश्यक हुन्छ, त्यो पाउरोटीबाट प्राप्त हुँदैन। त्यसैले नास्ताका रूपमा पाउरोटी प्रयोग नगरौं। 

फ्रुट डि्रंक- बजारमा अहिले विभिन्न किसिमका प|mुट डि्रंक उपलब्ध छन्, जसमा शुगरको मात्रा बढी हुन्छ, जसले शरीरमा ब्लड सुगरको स्तर बढाइदिन्छ। 

काँचो तरकारी- काँचो तरकारी हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ तर, यसले तुरुन्तै शरीरलाई ऊर्जा प्रदान गर्दैन। त्यसैले व्यायाम पछि यस्तो खानेकुरा सेवन गर्नुपर्छ जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ।



मेन्स गु्रमिङ

सेबिङपछि कतिपयको अनुहारमा दाग रहने तथा पोल्ने समस्या हुनसक्छ। यस्तो अवस्थामा सेभिङ गर्नुअघि नै ध्यान पुर्‍याउनुपर्छ। खासगरी नुहाइसकेपछि सेबिङ गर्नु उपयुक्त हुन्छ। यसका लागि मनतातो पानी प्रयोग गरौं। सेबिङ गर्दा धेरै दबाब दिनु हुँदैन। सेबिङपछि मोस्चराइजर लगाऔ, जसले गर्दा छालामा पीडा नहोस्। 



लाहुरे टिप्स : क्लासरुप प्राइभेट लिमिटेड

विनोद राई, कार्यकारी निर्देशक 

सिंगापुर प्रहरीका लागि सोधिने अंग्रेजी प्रश्न वस्तुगत हुने भएकाले सबैभन्दा पहिलो अंग्रेजी विषयको प्रश्न समाधान गर्नु राम्रो हुन्छ। त्यसपश्चात् नेपालीमा एक शब्दको मात्र उत्तर हुने भएकाले नेपाली गर्नु राम्रो हुन्छ। अन्त्यमा हिसाब गर्ने। हिसाब गर्दा अंग्रेजी अंकमै गरे पनि उत्तर भने नेपाली अंकमा लेख्नुपर्छ। हिसाबमा ऐकिक नियम, साधारण ब्याजका समस्याहरू धेरै भन्दा धेरै अभ्यास गर्नुपर्छ। गाउँघरमा प्रचलित नापतौलको एकाइ जस्तै माना, पाथी, धार्नी आदिका बारेमा पनि राम्रो जानकारी राख्नुपर्छ।

यी हुन् क्याल्सियमका उत्तम श्रोत

सन्तुलित भोजनका लागि क्याल्सियम एक अनिवार्य लवण हो । हामीले खाने खानामा केही हिस्सा क्याल्सियम हुनैपर्छ । हड्डी स्वस्थ तथा बलियो बनाउन तथा रक्त कोषिकाको निर्माणका लागि क्याल्सियम अनिवार्य हुन्छ ।

क्याल्सियमको कमीले दाँत तथा हड्डीमा समस्या देखिने लगायतका समस्या देखिन्छन् । हामीले केवल क्याल्सियम युक्त खानेकुरा खाएर मात्र पनि हुँदैन । हाम्रो सरीरले तबमात्र क्याल्सियम ग्रहण गर्न सक्छ जब सरीरमा भिटामिन डी पर्याप्त हुन्छ ।

अझ महिलाहरुलाई पुरुषहरुको तुलनामा दूइ गुणा बढि क्याल्सियम चाहिन्छ । महिलाहरुको रजश्वला चक्र तथा प्रसबका बेला क्याल्सियमको खपत बढि हुने बताइन्छ । हामीले यहाँ केही खाद्यपदार्थको सूचि प्रस्तुत गरेका छौँ जो क्याल्सियमको उत्तम श्रोत हुन् ।

  1. दूध
  2. दही
  3. माछा मासु
  4. चीज
  5. हरियो सागपात
  6. बदाम
  7. प्रउन
  8. तिल
  9. टोफु
  10. सुन्तला
  11. सिमी