महिनावारी भनेको क हो ? यो कसरी हुन्छ ?

महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितिमा योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनिन्छ, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयबाट निस्कने हार्मोनहरूले यसलाई संचालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थिले follicular stimulating hormone (FSH) तथा गितभष्लष्शष्लन luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूकै प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई मुख्यतः तीन चरणमा बाँड्न सकिन्छ।

पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने भएकाले पाठेघरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। यतिबेला सामान्यतः ६० देखि ९० मिलिलिटर मात्र रगत जान्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ जसले FSH सँग मिलेर डिम्ब निष्कासनको तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ।

दोस्रो चरण (डिम्ब निष्कासन) माः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई

LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ।

तेस्रो चरण (Luteal phase) भन्नाले डिम्ब निस्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समय बुझिन्छ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ
यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।

महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। यस्ता कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। योनिबाट रगत आउन थालेको पहिलो दिनलाई १ दिन मानिन्छ र साधारणतया ३ देखि ५ दिनसम्म रगत बग्छ। एउटा महत्त्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिन पछि महिनावारी सुरु हुन्छ।