यौनसम्पर्क राख्दा महिलाहरूलाई किन पोल्छ ?

यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्म जीवबाट हुन सक्छ। यसले गर्दा योनि शोथ गराउन सक्छ। यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ। त्यसबाहेक यौनरोग हुने सम्भावना पनि त्यत्तिकै छ।