शीघ्र स्खलन के हो ?

मानव यौन प्रतिक्रिया चक्रका चार चरणमध्ये 'चरमसुख' (orgasm) को चरणमा पुगेको हाराहारीमै वीर्य स्खलन पनि हुन्छ। यौन सुख शारीरिक तथा मानसिक दुवै प्रक्रियाको जटिल सम्मिश्रणबाट प्राप्त हुन्छ भन्ने कुरा त थाहा भै नै सक्यो होला। यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा बाह्य तथा आन्तिरिक कतिपय कुरामा भर पर्छन्। यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने हो इन। प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन्। अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न थालिएको छ। किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखिएको थियो। शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने विषयमा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्य स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए।