वीर्यको एलर्जीका लागि के गर्ने ?


समयावधि वा तीव्रता (severity) वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुनसक्छ। हुन त वीयर् मा भएको कुनै पनि प्रोटिनको एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले Human seminal plasm protein hypetsensitivity (SPH) बुझिन्छ। यो समस्या यस्तै एक प्रतिशतजति जोडीमा हुने देखिएको छ। 

वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। 

समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थितिलाई कम गर्नु हो। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सीधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। , कन्डमले यौनरोगका साथसाथै गर्भनिरोधको काम पनि गर्छ। सम्पर्कको समय कम गर्न त्यसबाहेक योनिको बाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु सहयोगी हुन्छ