यौन सम्पर्कमा अपनाउनु पर्ने सबधानी


यौन सम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार हुन्छन्। यौन चेतनाको कमी तथा कहिलेकाँही यसमा असावधानी नअपनाउँदा धेरै मानिसहरू यौनजन्य रोगको शिकार भएका घट्ना हामी दिन प्रतिदिन सुनिरहेका हुन्छौं। एड्सलगायत अन्य यौनरोगहरू पहिले साधारण जस्तो लागेपनि पछि तिनले विकरालरूप लिएर मानिसको ज्यान लिएको तथ्यहरूले देखाएका छन। यसको भावनात्मक एवं मनोवै ज्ञानिक असरहरू पनि छन्। यौन रोगहरू धेरैजसो पुरुषहरूबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने गरेका छन। यौन रोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले को
बाट रोग संक्रमित भएको हो भन्ने विषयमा पुरुष र महिलाबीच विवाद हुने गरेको छ। यस्ता घट्नाहरूमा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ। यो सही कुरा होइन। फेरि यौन रोगको उपचारबाट पनि पुरुषहरू पन्छिने गरेको हामी पाउँछौं। यौनरोग पुरुषबाट महिलामा संक्रमित भएको हुन सक्छ र महिलामा छिटो देखिएको हुन सक्छ। सँगसँगै पुरुषमा पनि संक्रमण भैसके पनि थाहा नभएको हुन सक्छ। यस्तो अवस्थामा दुवैले यौन रोगको उपचार गर्नुपर्ने हुन्छ।
 एकजनाको मात्र उपचारले यौन रोग कहिल्यै निको नहुने हुन्छ। यो एकबाट अर्कोमा सरिरहने हुन्छ।

जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसावले नै उनीहरूले यौन आनन्द लिन सक्दैनन्। जुनसुकै किसिमको यौनरोगले मानिसहरूलाई पीडा दिन्छ। यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलाउने भएकाले मानसिक तथा भावनात्मकरुपले हैरानीको अवस्थामा पुगिन्छ। पीडाको यस्तो अवस्थामा हुने यौनले कसरी आनन्द दिन सक्छ ? अर्को कुरा आफूमा यौन रोग छ भन्ने थाहा भैसकेपछि यौन सम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हिनताबोध हुन्छ। त्यसैले यो भावनात्मक तथा मनोबैज्ञानिक समस्या पनि हो। मानिसलाई यस्तो रोगले मूलतः दुई किसिमबाट असर गर्छ। यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन ढलाइदिने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारी दिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ।