महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै बाहिरी बस्तु योनी भित्र प्रवेश...............


महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै
बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर पनि एक
कारण हुनसक्छ । यसो भएमा संभोगको कोशिश
या संभावनाको आभास मिल्दा साथ
जननांगको बहिरपट्टिको एक तिहाई भागमा अनैच्छिक
संकुचन आउछ । यसले समागम हुन पाउदैन यदि साथीले
जबरजस्ती सहवास गर्न खोजेमा यसबाट बढी समस्या र
पीडा हुन सक्छ । यसको उपचार कुनै औषधि र सर्जरीबाट
सम्भव छैन । यो मानसिक बिमारी हो यसलाई सम्झाई
बुझाईबाट धेरै हदसम्म हटाउन सकिन्छ ।
यसरी महिलाको मनबाट सेक्स सम्वन्धि डर भगाउन
मद्दत मिल्छ । महिलालाई सम्झाई बुझई गरिन्छ
कि उनका जननांग रबरजस्तै इलास्टिक हुन्छ र
त्यो आवश्यकता अनुसार ठूलो हुन्छ । यसबाट
महिलाको दिमागबाट त्रास मेटिन्छ र
मानसिकरुपमा राहत महसूस गर्छन् । यसपछि एक खास
थ्यरापीको माध्यमबाट
जननांगमा बाहिरी बस्तुको छुवाईप्रति सहज गराईन्छ ।
महिलाहरुले पिशावलाई रोक्ने छोडने-रोक्ने छोडने
कि्रयालाई निरन्तरता दिदैगरेमा जननांगमा नियन्त्रण
रहन्छ ।
यस अवस्थामा चिकित्सकहरु के सल्लाह दिन्छन भने
सम्वन्ध कायम गर्ने समय प्रवेशको काम महिलाहरुले गर्नु
उचित हुन्छ । किनकि उनिहरुलाई
थाहा हुन्छकि कति बेला प्रवेशका लागि उपयुक्त समय
कतिखेर हुन्छ ।
महिलाहरुको गुनासो हुन्छकि उनको साथीले उनलाई
सन्तुष्ट नगराईकनै छोडिदिन्छ । कसैलाई क्लाईमक्स हुदैन,
कसैलाई हुन्छ गर अनुभूति हुदैन । कुनै महिलाहरुलाई
चिल्लो पदार्थ बग्ने मौकैमा क्लाईमेक्स हुन्छ भने कसैलाई
निकै समय पछि सन्तुपटी मिल्छ । बास्तवमा चरमानन्द
प्राप्तिको बेला महिलाको जननांगमा लयात्मक संकुचन
अनुभूति हुन्छ र मन एकदमै शान्त रहन्छ । तर
यस्तो लयात्मक संकुचन दश मध्य आठ महिलाहरुमा मात्र
हुन्छ ।