सेक्स गर्ने पुरुषमा हृदयघात र मस्तिष्कघात हुने खतरा कम रहने।
सेक्स गर्ने पुरुषमा हृदयघात र मस्तिष्कघात हुने खतरा ५० प्रतिशत सम्म कम रहने अनुसन्धानले देखाएको छ । यसका साथै खुशी रहन र सकारात्मक सोच दिलाउँछ । नियमित यौन सम्पर्कले फिल गुड एंड्राफिन्स हर्मोनको स्राव गराउँछ र व्यक्तिलाई खुशी र तनावमुक्त बनाउन मद्धत। गर्छ । चाहना राख्ने यौन आनन्द लिन यौन प्रति इच्छा राख्न जरुरी हुन्छ । यस्तो इच्छा राख्न मस्तिष्कका केही रसायन तत्व जिम्मेवार हुन्छन् र यसलाई सन्तुलनमा राख्न पनि त्यतिकै जरुरी पर्छ ।
व्यस्थ जीवनशैलीका कारण दम्पतिमा यौन इच्छा नहुन पनि सक्छ । यस्तो बेला मस्तिष्क रसायनहरुलाई सन्तुलनमा राख्ने कोशिस गर्नुपर्छ । यसरी आफ्नो यौन जीवनलाई सोमान्टिक र स्पाइसी बनाउन खानामा तुलसी, मरीच, जीरा, लसुन, अदुवा, बेसार, रेडवाइन, केरा, चक्लेट आदिको सवन गर्न आवश्यक पर्छ । फिट र फाईन रहने युवावस्थामा रोग प्रतिरोधात्मक क्षमता अत्यधिक हुन्छ । तर उमेर बढ्दै जाँदा यो क्षमता घट्दै जान्छ स्वस्थ्य यौन जीवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । हप्तामा २ पटक सेक्स गर्ने व्यक्तिमा एन्टिबडिसको स्तर धेरै हुन्छ । यसले सर्दी आदिबाट मानिसलाई बचाउँछ । स्वास्थ्य यौन जीवनको लागि अल्कोहलको मात्रा घटाउदै लग्ने गर्नुपर्छ । किनभने यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । नयाँ पोजिसन ट्राइ गर्ने नियमित शारीरिक अभ्यासले शरीरमा रक्तसंचार बढाउँछ । मांसपेशीलाई टोन्ड बनाउँछ र जवानी देखाउँछ ।
सेक्सबाट पनि शारीरिक अभ्यास जस्तै फाइदा मिल्छ । नियमित सेक्सले २० मिनेटमा ३० क्यालोरी बर्न हुन्छ । यति मात्र नभएर अस्टियोपोरोसिसको खतरालाई समेत कम गर्छ । हप्तामा १ पटक यौन सम्पर्क राख्ने मध्यम उमेरका महिलाको एस्ट्रोजनको स्तर बढाउँछ र उसको हड्डी सुरक्षित राख्छ । त्यसैले यौन जीवनमा नयाँ पन ल्याउँन कुनै एक्सपेरिमेन्ट र नयाँ पोजिसन ट्राइ गर्नु राम्रो हुन्छ । मुटुलाई स्वस्थ राख्न मद्दत गर्ने मोटोपन घटाएर र धुम्रपान त्याग गरेर आफ्नो मुटु स्वस्थ राख्न सकिन्छ । कतिपयलाई यस किसिमको त्याग मुस्किल पर्नसक्छ । तर चिन्ता गर्नु पर्दैन किनभने स्वस्थ र सक्रिय यौन जीवनले मुटुलाई स्वस्थ राख्छ । हालै इंल्याण्ड रिसर्च इन्सिच्यूटमा गरिएको एक सोधले, हप्तामा २ पटक यौन सम्पर्क राख्ने व्यक्तिको हृदयघात हुने खतरा ४५ प्रतिशत कम हुन्छ । ड्डस्वस्थ यौनक्रियाकलापले दम्पतिलाई खुशी तुल्याउँछ र व्यक्तिको आयु बढाउँछ । नियमित सेक्सले हर्माेनको स्तर र मानसिक स्मरणशक्तिलाई मजबुद पार्छ । यो स्वस्थ मुटुका लागि लाभकारी मानिन्छ"