यौन उत्तेजनाका लागि इन्दि्रयहरूको भूमिका

यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन गहिरो रूपमा सम्बन्धित हुन्छ।

स्पर्श : चर्म -छाला नै बाह्य सम्पर्कमा आउने अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण छ। केही विशेष भागको छाला यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो।

दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ।

त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध वा व्यक्तिको शरीरको गन्ध, स्वाद अनि ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ।