यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि जानी राख्नुहोस् ।


यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा तपाई पनि जानी राख्नुहोस् ।
१. सुपर म्यानः महिलाहरु सिनेमाघरका पर्दामा देखने विभिन्न चरित्रहरुबाट दैनिक जीवनमा पनि प्रभावित हुन्छन् । उनीहरु वास्तविक जीवनमा त्यस्तै पुरुषसाथी चाह्न्छन् । त्यस्ता पुरुषसाथीसँग सुरक्षित महसुस गर्छन् । त्यसैले हर तरिकाले सुरक्षा दिन र असहज परिस्थितिमा साथ दिन योग्य पुरुष बन्न प्रयत्न गर्नुहोस् ।

२. वास्नादार बस्नुसः अघि पर्दा ठुस्स गन्हाउने, पसिना गन्हाउने पुरुषबाट महिलाहरु टाढै बस्न चाह्न्छन् । त्यसैले, दिनऔं नुहाउनुस र डिओडोरेन्ट वा परफ्युम प्रयोग गर्नुस । परफ्युम प्रयोग गर्दा पनि सही सुगन्धको छनोट गर्नुहोस ।

३. सरप्राइजः लुगा, किताव, डायरी वा चकलेट नै भएपनि सरप्राइज गिफ्ट प्रति महिलाहरु हुरुक्कै हुन्छन्, बेलाबखत सरप्राइज दिन कहिलै नभुल्नु होला।
४. पारदर्शिताः इमान्दारिताको त जहाँ पनि महत्वपुर्ण हुन्छ । यदि तपाई लामोसमयको सम्वन्ध चाहनुहुन्छ भने झुट नबोल्नुस र कुनै कुरा नलुकाउनुस । झुट बोल्ने र बोली पुरा नगर्ने पुरुषलाई महिलाहरु घृणा गर्दछन्।

५. राम्रो र स्फुर्त शरिरः तपाईले सिक्स प्याक वा एट प्याकनै बनाउन नसकेपनि दिनहुँ व्यायाम गर्नुस र बडीलाई शेपमा राख्नुस । भद्दा शरिर, ठुलो पेट महिलाहरु मन पराउँदैनन ।

६. राम्रो ड्रेसअपः लुगा मिलाएर लगाउनुस, फिटिङ् लुगालाई प्राथमिकतामा राख्नुस, अस्तव्यस्त तरिका हिँड्ने पुरुषप्रति महिलाहरु आकर्षित हुँदैनन् ।

७. हातको जादुः तपाईले राम्रो र महँगो रेष्टुरेन्टमा लगेर खुवाएको भन्दा आफ्नै हातले केही मिठो पकाएर खुवाउन सक्नु भयो भने त्यो जिन्दगी भर भुल्दैनन् महिलाहरु । त्यसैले पकाउन पनि सिक्नुस ।"