महिलाहरुमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ होला ?


महिनावारी भएको ५-७ दिनसम्म सबैभन्दा धेरै सेक्स

रुचाउँछन् महिला महिलाहरुमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन
बेला हुन्छ होला ? जर्मनीको एउटा युनिभर्सिटीले
गरेको अध्ययनमा महिलाहरु
महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वाधिक सेक्स
चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ
। युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार
युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त
निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताह रुकाअनुसार
यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।
अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध
राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताह रुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म
यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने
बताएका छन् । जसको कारण उनीहरुले
महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन
सक्रिय हुने गरेको बताएका छन् ।
यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने
देखिएको छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण
यौनानन्दको चाहना राख्ने गरेको बताए ।
उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य
दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ ।
अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध
बढी समुधुर हुने गरेको पनि पाइएको छ ।