यौन (सेक्स) सम्बन्धी रोचक तथ्यहरु।


भनिन्छ यौन (सेक्स) र अपराध (क्राइम) मानिसको सबैभन्दा चासोको विषय हो। अपराधको विषयमा मान्छेले
चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र तर सेक्सको विषय मानिसको जैविक आवश्यकता हो। त्यसैले सेक्सको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ। सेक्सका विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन्। यहाँ त्यस्तै
१० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ।�

पहिलो तथ्य हो– ९० प्रतिशत बेलायती महिलाले जीवनमा एक न एक चोटी पोर्न सामग्री हेर्ने गरेका छन्। अर्काे रोचक तथ्य त के भने ४० प्रतिशत महिला पुरुषकोभन्दा महिलाको नांगो शरीर हेर्न मन पराउँछन् भने ३० प्रतिशतले केटी केटी बीचको समलिंगी यौनसम्बन्ध समावेश भएका पोर्न सामग्री हेर्न मन पराउँछन्। १६ प्रतिशत बेलायती युवतीहरुले आफू आफ्नो ब्वायफ्रेण्डको निमित्त वेबक्याममा नांगिएको खुलासा गरेका छन्।�
यसैगरी दोस्रो तथ्य हो – बेलायतमा आइतबार सबैभन्दा बढि पोर्न साइटहरु हेर्ने गरिएको छ। हप्ताको विदाको दिन भएकाले होला आइतबारको विहान पोर्न साइटहरुमा ट्राफिक निकै बढि हुने गरेको छ। आइतबार बिहानको सवा एघार बजे अनलाइनमा ब्लू चलचित्र हेर्न चाहनेको माग सबैभन्दा बढि हुने गरेको अध्ययनले देखाएको छ।
यसैगरी तेस्रो तथ्य हो– पोर्नस्टार महिलाहरु अरु आम महिलाजत्तिकै स्वस्थ तथा आत्मसम्मानयुक्त हुने गरेका छन्। ब्लू चलचित्रमा खेल्ने महिलाहरुमा रोगको संक्रमण हुने तथा आनीबानी समेत फोहोर हुने आमविश्वास विपरित अमेरिकामा गरिएको एक अध्ययनले पोर्नस्टार महिलाहरुमा आत्मसम्मान तथा सन्तुष्टि र मर्यादाको स्तर निकै उच्च रहने गरेको र उनीहरु आफ्नो छविप्रति सकारात्मक हुनुका साथै अरु महिलाभन्दा अझ बढि आध्यात्मिक तथा गुणस्तरीय जीवनयापन गर्ने गरेका हुन्छन्।